add size 720x90
Searching...

प्रहरीको प्रयासमा अपहरित बालकहरु मुक्त

postdate: Tuesday, 6 August 2013 comment: 0 Tag:



दाङ, २२ साउन (ओएनएस) : तुलसीपुरबाट सोमबार अपहरणमा परेका दुई जना बालकलाई प्रहरीले सकुशल उपहरण मुक्त गरेको छ ।  नगरपालिका वडा नं ८ दुधेनास्थित शान्तिदीप बोर्डिङ स्कुलबाट सोमबार दिउँसो परीक्षा दिएर फर्किंदै गरेका बेला उनीहरु अपहरणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक शरदकुमार खत्रीका अनुसार ती बालकलाई तुलसीपुर घोराही सडकखण्डमा पर्ने पत्रे खोलाबाट गएराती अपहरणमुक्त गराइएको हो । तुलसीपुर नगरपालिका वडा नं ८ दुधेना निवासी धनेश्वर ओलीका ११ वर्षीय छोरा केशव ओली र सोही ठाउँ बस्ने शशिधर भण्डारीका ११ वर्षीय छोरा सुलभ भण्डारी अपहरणमा परेका थिए ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले ती बालकलाई अपहरण गरी उरहरी गाविसको बेलगनारतर्फ लगेका थिए । बालकहरू अपरण भएको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य तीव्र पारेका थिए ।अपहरणमा संलग्नमध्ये तुलसीपुर नगरपालिका वडा नं ८ का २१ वर्षीय इन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन