बिजुली बाल्ने स्थानीयको आशा निराशामा परिणत

अछाम, १० साउन । अछाम अछामको बाटुलासैन गाविसमा निर्माणाधिन गोगनछडा लघुजलबिद्युत परियोजनाको कुलोमा ठुलो पहिरो गएको छ ।
परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा पहिरोले कुलो भत्केपछि बिद्युत बाल्ने स्थानियको आशा निराशामा परिणत भएको हो । तिन दिन देखि लगातार आएको पहिरोले परियोजनाको ४ सय मिटर पक्कि कुलो बगाएको परियोजनाका सल्लाहाकार संयोजक मान बहादुर गिरीले बताउनु भयो । कहि दिनमै बिजुलीबाट गाँउ झिलीमिली बनाउन तयारी भईरहेको थियो ।
कुलोमा पहिरो लागेपछि बिजुली बल्ने कुरा अनिश्तच भएको उहाँको भनाई छ । १ हजार एकसय ६५ मिटर लम्बाई रहेको पक्की कुलो मध्ये ४ सय मिटर पक्की कुलोमा पहिरो गएपछि करिब १५ लाख बराबर क्षति भएको संल्लाकार संयोजक गिरीले जानकारी दिनुभयो ।
६५ किलोवाट क्षमताको उक्त लघुजलबिद्युत परियोजनाबाट अछामका दुर्गम रामारोशन र बाटुलासैनका ४ सय ६१ घरधुरीमा बिजुली बाल्ने योजना रहेको थियो । योजना निर्माण भई परिक्षण गर्ने तयारी भइरहेको थियो ।


