विश्वमा
स्वास्थ्यको उपचार गर्ने पद्धतीहरू धेरै थरी छन् । हामी प्राय उपचारका लागि
एलोप्याथीको सहारा लिने गर्छौ । त्यस्तै, आयुर्वेद, होमियोप्याथी, तथा
अन्य पद्धतीको पनि हामीमध्ये धेरैले उपचारका लागि सहारा लिने पद्धति हुन् ।
विश्वमा
स्वास्थ्य उपचार गर्ने पद्धतीमा एक फरक खालको पद्धति पनि भेटिएको छ भारतमा
। उक्त पद्धती अनुसार उपचारका लागि मानिसको शरिरमा पत्तीले काटेर रगत बगाई
उपचार गरिन्छ । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्तो उपचार भारतको राजधानी
नयाँ दिल्लीमा गरिने गर्छ ।
७९
वर्षीय हाकिम घ्यास नामका व्यक्तिले खुला आकाशमुनी यस्तो उपचार पद्धती सुरू
गरेका हुन् । उनका अनुसार यो उपचार पद्धति हजारौ वर्ष पुरानो भएको र ग्रिक
र संस्कृतमा समेत यस्को चर्चा गरिएको छ ।
यो
उपचार पद्धतीमा पहिले मानिसलाई डोरीले शरिरको विभिन्न भागमा बाधिन्छ । र
उनीहरूलाई तातोमा बस्न लगाइन्छ । उनीहरुको शरिरको उपचार गर्ने भागमा
पत्तीले घाऊ बनाइन्छ जहाँबाट उनीहरूको रगत बगोस्, त्यसपछी काटिएको ठाऊँमा
बगिरहेको रगत रोक्नका लागि व्यायाम गर्न लगाइन्छ । जबसम्म रगत थामिदैन
उनीहरूको शरिरमा बाँधिएको डोरी फुकाइदैन ।
यसरी
रगत बगाउँदा शरिरको खराब रगत बाहिर निस्किने र स्वास्थ्यमा आएका समस्याहरू
समाधान हुने हाकिम बताउँछन् । उनका अनुसार यसरी काटेर रगत फ्याँक्दा शरिरको
उच्च रक्तचाप नियन्त्रण हुने, कोलेस्टेरोलको मात्रालाई समेत सही ठाऊँमा
ल्याउन मद्धत गर्छ ।
पछील्लो
समयमा यस उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको र उपचारका लागि
आफूहरूले कुनै पैसा नलिएको हाकिमले बताएका छन् । उनले आफूहरूसँग उपचारका
लागि आउने सबै गरिब र बृद्धहरू हुने भएकाले आफूहरूले बिना शुल्क नै उपचार
गर्ने गरेको बताए । उनका अनुसार उनलाई यो कार्यमा उनका एक छोराले पनि
सघाइरहेका छन् ।
हेरौ उक्त पद्धतीको उपचारका केही दृश्यहरू...