add size 720x90
Searching...

पाकिस्तानी सेनाको आक्रमणमा ५ भारतीय सेनाको मृत्यु

postdate: Tuesday, 6 August 2013 comment: 0 Tag:


काठमाडौं, २२ साउन (एजेन्सी) : पाकिस्तानी सैनिकको आक्रमणमा परि जम्मु कश्मीरमा ५ जना भारतीय सैनिकको मृत्यु भएको छ । सोमबार अबेर राती पाकिस्तानी सैनिकले भारतीय सेनाको क्याममा आक्रमण गरेको इन्डियन एक्सप्रेसको अनलाइन सस्करणले जनाएको छ ।

मुख्यमन्त्री ओमार अब्दुल्लाले ट्विटर मार्फत भनेका छन् ‘मंगलबार बिहानै प्राप्त समाचार अनुसार पाँच जना भारतीय सेनाले मारिएका छन् ।”  उनले पाकिस्तानको यस्तो क्रियाकलापले भारतसँगका उसको सम्बन्ध झन् बिग्रने बताए । भारतीय सेनाका प्रमुख जनरल बिक्रम सिंहले घटनालाई गम्भिर रुपमा लिएको जनाएका छन् ।

भारत–पाकिस्तान वार्ताका लागि प्रक्रिया अगाडि बढीरहेको बेला यस्तो घटना भएको हो । दुई देशका प्रधानमन्त्री बिच सेप्टेम्बरमा अमेरिकामा हुने राष्ट्रसंघ महासभाका क्रममा भेटवार्ता हुने समेत तय भैसकेको थियो । 






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन