बौद्धमा एक तिब्बतिद्वारा आफैंलाई आगो लगाई आत्मदाह

काठमाडौँ, साउन २२ गते । राजधानीको बौद्ध क्षेत्रमा एक तिब्बतीले आज आफैँलाई आगो लगाएर आत्मदाह गरेका छन् । परिचय नखुलेका उन
ले आत्मदाहको प्रयास गर्दागर्दै प्रहरीले उद्धार गरी टिचिंग हस्पिटल ल्याएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।
यो घटना 'स्वतन्त्र तिब्बत' संग सम्बन्धित नभई उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । घटनका विषयमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।


