add size 720x90
Searching...

कैदी जेलबाहिर पनि बस्न पाउने

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



१० साउन, काठमाडौं ।
राम्रो आचरण भएका कैदीले जेलबाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागु हुने भएको छ ।
यो अवधारणा यसैबर्षदेखि लागु गर्न लागिएको हो । पाँचबर्षभन्दा लामो प्रयासपछि सरकारले यसवर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुध्रिएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको हो । बजेट आएसँगै ५÷६ महिनाभित्रै खुला कारागार सञ्चालनमा ल्याइने कारागार व्यबस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।
तीनसयजना राख्न सकिने गरी सरकारले यसअघि नै खुला कारागार निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गहनापुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गाको समेत व्यबस्था गरेको नयाँ पत्रिकाले लेखेको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन