add size 720x90
Searching...

काग्रेस सभापति कोइराला भारत जादै

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:


पोष्ट गर्ने- चन्द्रश्वर बस्ताकोटी ,
काठमाडौं, साउन २० गते ।भारत सरकारको निमन्त्रणमा  नेपाली कांग्रेसका सभापति सुशील कोइराला आइतवार आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

उच्चस्तरीय राजनीतिक भेटघाटका लागि कोइरालाका साथसाथै महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि आइतवार अपरान्ह साढे तीन बजे पछि एयर इण्डियाको विमानबाट नयाँ दिल्ली जाने बताइएको छ । कोइराला सभापतिमा निर्वाचित भएपछि पहिलोपटक औपचारिक भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भारतमा रहँदा कोईरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह,कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल सोलिड्यारिटी सोसाइटीका अध्यक्ष डिपी त्रिपाठी लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्लीको भेटघाटपछि कोइराला उत्तर प्रदेश र बिहार पनि जाने कार्यक्रम छ । 

आफ्नो भारत भ्रमणका बिषयमा सभापति कोईरालाले हिजो राष्टपति डा रामबरण यादवलाई जानकारी गराउनुका साथै बिभिन्न दलका नेता र परराष्ट्रविदहरूसंग छलफल गर्नु भएको थियो ।

पछिल्लो समय भारतले बिभिन्न ठूला राजनीतिक दलका नेताहरूलाई पालैपालो बोलाएर नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिदै आएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन