बोल्ड हुँदै सोनाक्षी

काठमाडौ, श्रावण २० - आधादर्जन चलचित्रमा काम गरिसकेपछि बलिउड नायिका सोनाक्षी सिन्हाले केही बोल्ड हुने निर्णय गरेकी छिन्।
त्यसैले उनले अक्षय कुमारको एक चलचित्रमा न केवल आइटम गीतमा नृत्य गर्ने प्रस्ताव स्विकार गरेकी छिन्, उक्त गीतमा अत्यन्त कामुक पहिरन लगाउनसमेत तयार भएकी छिन्। सोनाक्षीले हालसम्म अभिनय गरेका चलचित्रमा गाउँले युवतीको चरित्र निर्वाह गर्दै आएकी छिन्।
एकै प्रकारका भूमिका निर्वाह गरेर आफूलाई मात्र होइन दर्शकलाई समेत दिक्क लागेको हुनसक्ने अनुमान गर्दै सोनाक्षीले अब आधुनिक पहिरनका साथ बोल्ड रूपमा प्रस्तुत गर्ने निर्णय गरेकी हु्न्। कामुक पहिरनमा उनले गरेको आइटम डान्स कस्तो हुने हो, हेर्न बाँकी नै छ।


