add size 720x90
Searching...

साइकल दुर्घटनामा महोत्तरीमा एक बालकको मृत्यु

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:



महोत्तरी, साउन २० गते । आफैंले चलाएको साइकल दुर्घटना हुँदा महोत्तरीको सदरमुकाम जलेश्वरमा एक बालकको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका वडा नं ७ बस्ने सुरेन्द्र मण्डलका १० वर्षीय छोरा अभिषेककुमार मण्डलको शनिबार बिहान घरको वरिपरि साइकल चलाइरहेका बेला अचानक दुर्घटना हुँदा मृत्यु भएको हो । उक्त दुर्घटनामा साइकलको ब्रेकको फलामे छड निजको आँखामा पसेर मस्तिष्कसम्म पुगेको थियो ।

घटनापछि तत्काल बालक मण्डललाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान लगिएको र उपचारकै क्रममा गएराति निजको मृत्यु भएको निजका काका वीरेन्द्र मण्डलले बताउनुभयो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन