add size 720x90
Searching...

रुकुममा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

postdate: Monday, 5 August 2013 comment: 0 Tag:



रुकुम, साउन २२ गते । रुकुम जिल्लाको सदरमुकाम खलङ्गाबाट स्यालापाखाको सिस्नेरीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । ना४त ५१८० नम्बरको ट्र्याक्टर स्यालापाखा वडा नं २, झाँक्रीखोलामा पल्टिँदा चालक आठविसकोट गाविसका २२ वर्षीय विशाल आग्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक स्यालापाखा गाविसका १५ वर्षीय राजु विक घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका विकको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

गएराति १ बजे भएको दुर्घटनाको कारणबारे केही खुलेको छैन । ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन