परीक्षाफल प्रकाशित

काठमाडौं, २१ साउन (ओएनएस) : त्रिभूवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०६९ साल मङ्सिर–पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०६८) को राजनीतिशास्त्र विषयको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
यस्तै कार्यालयले २०७० साल जेठमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ (खरीपाटी) स्नातक तह ३ वर्षे बीए प्रथम र दोस्रो वर्ष (२०७० मौका परीक्षा) को परीक्षाफल पनि प्रकाशित गरेको छ ।


