add size 720x90
Searching...

६०० अवैध कुखुराका चल्ला बरामद

postdate: Monday, 5 August 2013 comment: 0 Tag:


बिजय चालिसे / २१ साउन (ओएनएस) : नवलपरासीको गुठिप्रसौनीबाट सशस्त्र प्रहरीले अवैध ६०० कुखुराका चल्ला बरामद गरेको छ ।

भारतबाट नेपाल भित्राइँदै गरेको अवस्थामा गुठि प्रसौनीको वडा नम्बर १ टुटलैया भन्ने स्थान बाट गएराति बरामद गरीएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्टका प्रहरी निरिक्षक जलेन्द्र केसीले जानकारी दिए ।

बरामद गरीएका चल्लाहरुलाई पशु क्वारेन्टाईन चेकपोष्टका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको शसस्त्र प्रहरीले जनाएको छ । नेपालमा बर्डफ्लूको संक्रमण फैलिरहेपछि सीमा चेक पोष्टहरुमा  उच्च सर्तकता अपनाईएको प्रहरीको भनाई छ ।  





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन