१२ बजेसम्म विराटनगर बन्द

मोरङ, साउन २२ गते । सत्र राजनीतिक दल सम्मिलित पूर्वाञ्चल विश्वविद्यालय सङ्घर्ष समितिद्वारा आज १२ बजेसम्मका लागि आह्वान गरिएको विराटनगर बन्दका कारण जनजीवत प्रभावित भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामाको माग गर्दै गरिएको बन्दका कारण उद्योग, कलकारखाना, सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् भने विराटनगर बजार बिहानदेखि बन्द भएको छ ।
सामुदायिक एवम् निजी विद्यालय भने सुचारुरूपले सञ्चालन भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागि दबाबस्वरूप आधा दिनको बन्दको आह्वान गरिएको नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले बताउनुभयो ।

