प्याकिङ दूध शिशुका लागि बिष, १ हजार दिनमा शिशुको बिकास अत्यधिक

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, साउन २१ गते । प्याकिङ गरिएको बट्टाको दूध वालबालिकाकाले लागि बिष हुने एक अध्ययनले देखाएको छ । प्रोटीनको कमीका कारण शिशुको बिकास तुलनात्मक रुपमा कमहुने गरेको हो । प्याकिङ दुध खुवाउने बालबालिकाको मृत्युदर उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । बट्टाको दूधमा शिशुलाई आवश्यक पौष्टिक तत्त्व नहुने, प्रोटिनको मात्रा असन्तुलित हुने भएकाले आमाको दूधभन्दा २३ गुणाले बढी हानिकारक हुने बाल स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बट्टाको दूध खुवाउँदा झाडापखाला लगायतले मृत्यु हुने बाल स्वास्थ्य महाशाखाका निर्देशक डा सनेन्द्रराज उप्रेतीले बताउनु भयो । उहाका अनुसार ६ महिनामुनिका बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।
‘दुई महिनामाथि र ६ महिनामुनिका बालबालिकालाई बट्टाको दूध खुवाउँदा आमाको दूधभन्दा १६ पटक बढी जोखिम हुन्छ,’ उप्रेतीले भने, ‘बच्चा जन्मेको एक घन्टाभित्र स्तनपान गराउनु सबैभन्दा राम्रो मानिन्छ । यो समय आमाको दूधमा पौष्टिक तत्त्व उच्च रहने हुदा स्वास्थ्य राम्रो हुन्छ ।’ नेपालमा ६५ प्रतिशत बच्चाले जन्मिएको एक घन्टामा स्तनपान गर्न नपाउने अध्ययनले देखाएको छ । जन्मेको दिन ८५ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने २८ प्रतिशत नवजात शिशुलाई जन्मना साथ अन्य खाना खुवाउने गरेको पाइएको छ ।
सुनौलो एक हजार दिन सम्म शिशुको ९० प्रतिशत शारिरिक एव मानसिक बिकास हुने भएकाले यो अवधि सम्म आमाको दुध, पौषष्टिक आहारा भएको ताजा खाने कुरा अुवाउनु पर्ने सुआहारा मुस्ताङका प्रमुख मनोज सुनुवारले बताउनुभयो । उहाका अनुसार आमाको दुध आउदैन भन्नु र दुध खुवाए महिलाको सौन्दर्यतामा कमिआउने जनमानसको गलत धारण निमिट्यान्न पार्नु पर्ने बताउनु भयो ।
शिशुले स्तनपान गर्न नपाउदा बाल मृत्युदरमा १३ प्रतिशत बढेको छ । महाशाखा निर्देशक उप्रेती जन्मेदेखि दुई वर्षसम्मका बच्चाले नियमित स्तनपान गराउँदा १३ प्रतिशत बाल मृत्युदरमा कमी आउने दाबी गर्छन् । ‘नेपालमा बालबालिकाको कुल मृत्युदरको ४५ प्रतिशत कुपोषणबाट हुने गरेको छ, यसको मुख्य कारण समयमा शिशुलाई स्तनपान नगराउनु नै हो ।’ अहिले महिलामा शारीरिक सौन्दर्य बिग्रिने भ्रमका कारण बच्चालाई निश्चित समयसम्म स्तनपान गराउन छोडेको सुआहारा प्रमुख सुनुवारको तर्क छ । तर, स्तनपान गराउँदा बच्चालाई मात्र नभएर आमालाई समेत फाइदा पुग्ने उनी बताउँछन् । उहाले ताजा पौष्टिक आहारा बढि भएको खानेकुरा का साथ साथै सरसफाईमा एकदमै बढि ध्यान दिनु पर्ने बताउनु भयो । गर्भधारया गरे देखि बच्चा जन्मने र हुर्कने १ हजार दिन शिशु र आमाको लागि महत्वपुर्ण छन ।
नेपालका २० जिल्लामा युएसएआइडिको सहयोगमा संचालित सुआहाराले गाउ गाउमा रहेका सबै गर्भवति आमा र १ हजार दिन नपुगेका शिशुलाई पौष्टिक आहारा भएका तरकारीको बिउ, बिभिन्न बढि पौष्टिक आहारा हुने कुखुरा बितरण गरेको छ भने सरसफाईका लागि जिल्ला का सबै गाबिसमा खुल्ला दिशा मुक्त बनाउन आफनो पुरै मेहनत खर्च गर्दै आईरहेको छ । बिभिन्न कार्यालयसग सहकार्य गर्दै बिभिन्न खालका जनचेतना मुलक कार्यक्रम समेत गर्दै आईरहेको सुआहारा मुस्ताङले जनाएको छ । गर्भवति महिलाले आगामि दिनमा पौष्टिक आहारा भएका खानेकुरा खानुपर्ने धारणाको बिकास सुआहाराले गर्न थालेको हो ।

