चुनाव बहिष्कार दलले भने आचार संहिता चारदललाई हो

गोपाल जिसी
पर्वत, २० साउन
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्वतले निर्वाचन आचार संहिता सार्वजनिक गरिरहँदा बहिष्कार दलले भने यो आचार संहिता चार दलका लागि हो ।
आचार संहिता सार्वजनिक गरेको कार्यक्रममा निर्वाचनको बहिष्कार गर्दै आएका नेकपा–माओवादी सहित ३३ दलको तर्फबाट आचार संहिता बहिष्कार गर्दै नेकपा–माओवादी पर्वतका जिल्ला सेक्रेटरी जयनारायण तिवारीले कथित राष्ट्रघाती दोस्रो संविधान सभाको निर्वाचनले ३३ दललाई वायस गर्दै जारी गरिएको आचार संहिता चार दलका लागि भएको बताए ।
मंसिर ४ मा घोषित संविधान सभालाई कथित राष्ट्रघाति दोस्रो संविधान सभाको निर्वाचन बहिष्कारका लागि स्थानीय प्रशासन सुरक्षा निकाय एवं राष्ट्रसेवक कर्मचारी लगायत जनसमुदायलाई सहयोग गर्न सेक्रेटरी जयनारायण तिवारी ‘विनय’ले आग्रह समेत गरेका थिए ।
संविधान सभाको निर्वाचन भनेको देशको कानुन बनाउने निर्वाचन भएकोले जारी आचार संहिता लागू गर्न आग्रह गर्दै जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकृत गणेश पौडेलले आचार संहिता पालना नगर्ने दललाई कार्वाही हुने बताए ।
आचार संहिता सार्वजनिक कार्यक्रममा प्रत्यक्षतर्फ १० लाख रुपैयाँ र समानुपातिक तर्फ पार्टीले ७५ हजार रुपैयाँ खर्च गर्न पाउने समेत अधिकृत पौडेलले जानकारी गराएका थिए ।
आगामी संविधान सभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधली रहित तवरले सम्पन्न गराउनका लागि जिल्ला स्थित सञ्चारकर्मी, गैससहरु, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।
आचार संहिता सार्वजनिक कार्यक्रममा सबैभन्दा ठूलो दल एनेकपा माओवादीको भने उपस्थिति रहेको थिएन् । आचार संहिता सार्वजनिक कार्यक्रममा एमाओवादी नै उपस्थित नहूँदा निर्वाचनमा शंका उब्जीएको राष्ट्रिय जनमोर्चा पार्टी पर्वतका सचिव वालकृष्ण पौडेलले बताए ।
यसैबीच राप्रपा नेपाल पर्वतका सचिव प्रकाश पौडेलले मंसिर ४ मा निर्वाचन हुने संभावना नै नरहेको बताएका थिए ।
मंसिर ४ मा सम्पन्न हुने निर्वाचनका लागि सो आचार संहिता पालना गर्न आग्रह गरिएको थियो । कार्यक्रममासहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीले निर्वाचनलाई सम्पन्न गराउन सबैले आचार संहिता पालना गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद लम्साल सुरक्षा निकायका प्रमुखहरु ल्गायतको उपस्थिति रहेको थियो ।

