add size 720x90
Searching...

अख्तियारले प्राधिकरणका उच्च अधिकारी, २ चिनीया सहित ७ जनालाई पक्राउ गर्यो

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:



मेरोजिल्ला सम्वाददाता, साउन २१ गते । ट्रान्सर्फमर खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु सहित ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तितियारले दुई चिनियाँ समेत  पक्राउ गरेको छ ।

अख्तियारका अनुसार प्राधिकरणका सह(निर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापागाई, इन्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती पक्राउ परेका हुन । यस्तै ट्रान्सर्फमर आपूर्तिकर्ता चिनियाँ कम्पनी हुवेई सनलाइटका हु झेङ खियाङ र जोउ यी तिआनलाई पनि पक्राउ गरिएको छ ।

विद्युत प्राधिकरणले न्यून गुणस्तरको ट्रान्सर्फमर खरिद गरी अनियमितता एवं भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका क्रममा संकलित प्रमाण कागजातका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारका सह न्यायाधिवक्ता एवं प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभएको छ ।

विद्युत् प्राधिकरणले विसं २०६४ देखि ०६८ सालसम्म खरिद गरेको करिव ५ हजार ट्रान्सर्फमर गुणस्तरहीन भएको पाइएको छ । हुवेइ मार्फत आयात गरेको ट्रान्सर्फमरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि विवाद चर्किएको थियो ।
सिन्धुपाल्चोक सहितका केन्द्रका सातवटा ट्रान्सर्फमर परीक्षण गर्दा तामाको तारको सट्टा अल्मुनियम भेटिएको थियो । हुवेईले प्रधीकरणलाई २५, ५०, १००, २०० र ३०० किलोभोल्टको ट्रान्सर्फमर विक्री गरेको थियो । ती ट्रान्सर्फमरबाट अत्याधिक विद्युत चुहावट हुनुका साथै जल्ने र पड्कने समस्या देखिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको टोलीले गरेको छानविनमा समेत अनियमितताको आशंका भएपछि अख्तियारले फाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन