add size 720x90
Searching...

पनामामा रोकिएको उत्तर कोरियाको जहाज संयुक्त राष्ट्र संघले जाँच्ने

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:


४ साउन, एजेन्सी । संयुक्त राष्ट्र संघीय विज्ञहरूको एक टोलीले पनामा नहरमा रोकिएको उत्तर कोरियाको जहाज निरिक्षण गर्ने भएको छ । हतियार रहेको भन्दै पनामाले रोकेको उक्त जहाजमा रहेका हतियार सम्बन्धमा संयुक्त राष्ट्र संघले उक्त जहाज र त्यहाँ रहेका हतियार जाँच गर्ने भएको हो । यसका लागि विज्ञहरूको एक टोली पनामातर्फ लागेको छ ।

आणविक हतियार रहेको भन्दै पनामाले क्युवातर्फ लैजान लागिएको उक्त जहाजलाई पनामा नहरमा नै रकेको थियो । यता क्युवा र उत्तर कोरियाले भने उक्त जहाजमा पुराना हतियार र निश्क्रिय पारिएका मिसाइलहरू भएको जिकिर गर्दै आएका छन् । क्युवाले २० औ शताब्दीको मध्यतिर निर्माण भएका पुराना हतियारहरू मर्मतका लागि उत्तर कोरिया पठाएको र मर्मतपछी ती हतियार उक्त जहाजबाट फर्काउन लागिएको बताएको छ ।

उक्त जहाजलाई पनामा नहर प्रवेश गर्न लाग्दा पनामाले रोकेको थियो । हतियार रहेको आशंकामा रोकिएको उक्त जहाजमा माथी उखु र तल हतियार राखेको अवस्थामा भेटिएको थियो । यसरी हतियार लुकाएर जहाज भेटिएपछी ती हतियार आणविक हतियार हुन सक्ने आशंकामा पनामाले पनामा नहरमा नै रोकेको हो । पनामाले उक्त हतियारलाई नछोड्ने बताएपछी क्युवा र उत्तर कोरियाले ती हतियार पुराना र निश्क्रिय पारिएको मिसाइल रोकेको भन्दै आलोचना समेत गरेका छन् 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन