add size 720x90
Searching...

प्रचण्ड गर्मीले बेलायतमा ७६० को मृत्यु

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:



४ साउन,एजेन्सी। बेलायतमा गत ९ दिन यता प्रचण्ड गर्मीका कारण ७६० जनाले ज्यान गुमाएएका छन्।
बिहिबारमा बेलायतमा तापक्रम ३२ डिग्री सेल्सियम पुगेको थियो, यो बेलायत सरकारले लेभल फोर भनेर घोषित गरेको मार्क भन्दा ४ अंक कम हो।
३६ डिग्रि सेल्सियस भन्दा माथी तापक्रम पुगेमा त्यतिबेला बेलायतमा राष्ट्रिय संकटकाल घोषणा गरिन्छ।

बिहिबार लगातार ३० डिग्री सेल्सियम भन्दा माथी तापक्रम मापन गरिएको छैठौं दिन थियो । यसलाई सात वर्ष यताकै सवै भन्दा लामो 'हिटवेभ' भनिएको छ।

बेलायतको हेल्थ डिपार्टमेन्टका अनुसार अहिलेको अवस्थालाई लेभल ३ मा राखिएको छ। हेल्थ डिपार्टमेन्टले दिउसो ११ बजे देखी ३ बजेसम्म बाहिन ननिक्लन, घाममा शारिरिक काम नगर्न, हल्का र खुकुलो कपड लगाउन, पानी र पेय पदार्थ धेरै पिउन र बच्चाहरुलाई गुम्सिएको स्थानमा नराख्न अपिल गरेको छ।
हाल सम्म गर्मीका कारण ५४० देखी ७६० सम्म ज्यान गएको बताइए पनि हालको प्रचण्ड गर्मी अर्को हप्तासम्म जारी रहने अनुमानका विच यो संख्या दोब्बर हुन सक्ने बताइएको छ। 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन