add size 720x90
Searching...

आयोनुनको अभाव

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:


४ साउन, जाजरकोट । यहाँ आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव हुँदा उपभोक्ताहरु ढिके नुन प्रयोग गर्न बाध्य भएका छन् ।
अघिल्लो आर्थिक वर्षको निर्धारित कोटा सकिएको र यो वर्षको टेन्डर प्रक्रिया नभएकाले जिल्लावासी आयोडिनयुक्त नुन प्रयोगबाट वञ्चित भएका छन् ।

अघिल्लो आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको छ । नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले बाँकी २९६ क्विन्टल नुन नल्याइपुर्याउँदा थप समस्या भएको हो ।

नुन अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय जाजरकोटले एक परिवारलाई हप्तामा एक दिन मात्र पाँच किलो नुन दिने गरेको छ । नुन मौज्दात नभएकाले पाँच पोका दिने गरिएको डिपो प्रमुख भरत श्रेष्ठले बताए ।

नुन पाउन छोडेपछि गाउँगाउँबाट सदरमुकाम डिपो पुगेका सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन् ।

जिल्ला सदरमुकाममा मात्र नुन वितरण केन्द्र भएका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई नुन लिन समस्या भएको भन्दै ग्रामीणस्तरमा पनि बिक्री केन्द्र हुनुपर्ने उनीहरुको माग रहेको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन