add size 720x90
Searching...

सामाजिक बहिस्करणमा परेकी महिलाद्धारा आत्महत्या

postdate: Thursday, 25 July 2013 comment: 0 Tag:


खोटाङ, १० साउन । खोटाङमा सामाजिक बहिस्करणमा परेकी एक महिलाले आत्महत्या गरेकी छिन् । खार्मी–९ तुर्खाकी ४० वर्षीया आईतमायाँ राईले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
एउटै वंशकी राईले माइती पर्ने गणेश राईसँग प्रेम विवाह गरेपछि समाजले बहिस्कार गरेका थिए । नाताले चेलीमाइती पर्ने राईद्धयले १७ वर्ष अघि प्रेम विवाह गरेको स्थानीयको भनाई छ ।
समाजले अस्वीकार गर्दागर्दै विवाह गरेपछि एकान्तमा घर बनाएर बसेकी राईले बहिस्कृत जीवन बिताउन गाह्रो महसुस गर्दै आत्महत्या गरेको हुन सक्ने आशंका छ । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । मृतक राईको दुई छोरा छन् ।
सुर्य तामाङ 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन