add size 720x90
Searching...

स्पेनमा भयानक रेल दुर्घटना, ६० को मृत्यु...(तस्विरसहित)

postdate: Thursday, 25 July 2013 comment: 0 Tag:



१० साउन, काठमाडौ । स्पेनमा गयराती भएको रेल दुर्घटनामा ६० जनाको ज्यान गएको छ भने १ सय ३१ जना घाइते भएका छन् ।

रेलका १३ वटै डिब्बा दुर्घटनाग्रस्त भएका कारण धेरै जनाले ज्यान गुमाएको बताइएको छ । उक्त दुर्घटनामा घाइते भएका १ सय ३१ मध्ये २१ जनाको अवस्था गम्भिर रहेको छ । रेल दुर्घटनाग्रस्त भएपछी आगो लागेका कारण पनि धेरै मानिस घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । उक्त रेलमा २ सय १८ जना यात्री रहेको र तीमध्ये धेरै यात्रीहरू आज हुने एक पर्वमा भाग लिनका लागि फेरोलतर्फ यात्रा गरिरहेका थिए ।

दुर्घटनामा घाइते भएका तथा मृतकहरूको लाशलाई उद्धारकर्मीहरूले रेलका डिब्बाहरूबाट निकालेका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि एम्बुलेन्स मार्फत लगिएको थियो ।

घटनापछी त्यहाँका प्रधानमन्त्री मारियानो राजोयले उक्त घटनालाई भयानक दुर्घटनाको संज्ञा दिएका छन् । 







सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन