अस्लिल दृश्य दिएकोमा मल्लिकालाई अदालतको पत्र

मुम्बई । बलीउडकी ‘कामुक’ नायिका भनेर चिनिने मल्लिका शेरावतले सात वर्ष अघि नयाँ वर्षमा गरेको एउटा डान्सको तनाव यतीबेला झेल्नु परेको छ । आफुले त्यतीबेला गरेको सो डान्सलाई बिर्सी सकेको बेला त्यो डान्स अस्लिल भयो भन्दै उनलाई बरोडा अदालतले हाजिर हुन हालै मात्र पत्र पठाएको थियो । यतीबेला उनलाई अदालतले फेरी अर्को पत्र पठाएको छ ।
२००६को नयाँ वर्ष साँझ उनले एउटा पार्टीमा प्रस्तुत गरेको नृत्य अस्लिल भएको भन्दै उनी बिरुद्ध मुद्धा परेपछि बयानको लागि अदालतले उनाई पत्र पठाएको हो । तर सो पत्रको मल्लिकाले वे वस्ता गरेपछि पुन पत्र पठाउँदै १६ अगष्टम अदालतमा हाजिर भएर बयान दिन अदालतले निर्देशन दिएको छ ।
तर यस बिषयमा मल्लिकाले यतीबेला कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले सो पार्टीमा अस्लिल सम्बाद बोल्दै मिनी स्कर्टमा अत्यन्त अभद्र पाराले अस्लिल र नग्न नृत्य गरेको भन्दै मल्लिका बिरुद्ध अदालतमा मुद्धा परेको थियो । उनी बिरुद्ध सो मुद्धा बडौदा बार एशोसिएशनका पूर्व अध्यक्ष नरेन्द्र तिवारीले हालेका हुन् ।


