add size 720x90
Searching...

चलचित्र निर्माण गर्दै पुजना

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:


काठमाडौं । ६ महिना अघि फिल्म ‘रक्षा’मा पस्किएको बेडसिनबाट नायिका पुजना स्त्री निकै चर्चामा आएकी थिईन् । तर त्यो चलचित्रले व्यबसायिक सफलता सोचे अनुसार हाँसिल गर्न सकेन । त्यसपछि चर्चा बाहिर रहेकी पुजनाले चलचित्र निर्माणमा हात हाल्न लागेकी छिन् । यो ६ महिनामा आफुले नयाँ चलचित्र निर्माणको लागि स्क्रिप्ट नै तयार गरेको उनले बताएकी छिन् ।
संवाद अनलाईनसँग कुरा गर्दै उनले भनिन्,‘धेरै फिल्ममा प्रस्ताव आउँदा पनि मैले चाहेको जस्तो भूमिका पाईन । आफुले चाहेको जस्तो भूमिका निर्वाह गर्न र चलचित्र निर्माणलाई व्यवसायिक रुपमा अघि बढाउन चलचित्र निर्माण गर्न लागेकी छु ।’ आफ्नो बनाउन लागेको चलचित्र बारे उनले भनिन्,‘यो बालबालिकाको कथामा आधारित सामाजिक फिल्म हो । जसको नाम चकलेट राखेकी छु ।’
भदौको पहिलो साताबाट छायाँकन सुरु हुने यो चलचित्रको निर्देशन जिम्मा उनले हाँस्य कलाकार निर्मल शर्मालाई दिएकी छिन् । अभिनयसँगै निर्देशनमा पनि शर्माको राम्रो खुबी भएकाले आफुले फिल्मको क्याप्टेन निर्मललाई बनाएको उनले बताईन् ।
पुजना फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्रको लागत ४० लाख रुपैयाँ लाग्ने पनि उनले प्रकाश पारिन्
आउँदो माघसम्म यो फिल्मलाई दर्शक माझ ल्याउने लक्ष्य सुनाउँदै उनले भनिन्,‘मुख्य नायिकाको भूमिकामा म आफैं हुने छ । बाँकी दुई नायक, एक नायिका र १५ जना बाल कलाकारको लागि म यसै साताबाट अडिसन सुरु गर्छु ।’
आफुले निर्माण गर्न लागेको चलचित्र व्यबसायिक सिनेमा भएको पनि उनले बताईन् । चलचित्रको प्राविधिक पक्ष छनौट गर्ने जिम्मा आफुले निर्देशक शर्मालाई दिएको पनि उनले जानकारी गराईन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन