कावेली बन्ने भएपछि बिपिसीले हकप्रद छिट्टै निष्काशन गर्ने

९ साउन, काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले ३ वर्ष अगाडी पारित भएको हकप्रद सेयर बल्ल निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ३ सेयर बराबर २ हकप्रद सेयर छिट्टै निष्काशन गर्ने जनाएको छ । कम्पनीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको ‘कावेली ए’ जलविद्युत आयोजनाका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
BPC Nepalआयोजनाका लागि ३ वर्ष अगाडी हकप्रद सेयर जारी प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको थियो । तर, लगानीका विषयमा सरकारसँग विवाद उत्पन्न भई अयोजना निर्माण कार्य अन्योलमा परेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्न सकेको थिएन । अहिले सरकार र कम्पनीबीचको विवाद समधान भइसकेको बताइएको छ । विवाद समधानसँगै कावेली जलविद्युत आयोजना समेत बन्ने निश्चित भएको छ ।
हकप्रद सेयर निष्काशन प्रकृया सुरु भइसकेको बताउँदै कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत हनसाथ सेयर निष्काशन गर्ने जनाएको छ । कावेली जलविद्युत आयोजनामा कम्पनीले स्वपुँजी वापत करिव १ अर्ब रुपैयाँ लगानी गर्नेछ । कम्पनीमा सांगि्रला इनर्जीको ६८.९५, इन्टरक्राफ्टको ६.०५, सरकारको ९.०९, सर्वसाधरणको १० , कर्मचारीको २, विद्युत प्राधिकरणको १.०६ र नेपाल औद्योगिक विकास निगमको ०.०६ प्रतिशत सेयर रहेको छ ।


