add size 720x90
Searching...

हिमानी ट्रष्टद्वारा राहत वितरण, पूर्व राजा ज्ञानेन्द्रको जयजयकार (भिडियो सहित)

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:





दार्चुला,  साउन ९ । हिमानी ट्रस्टले आज दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहको उपस्थित रहेको थियो ।
कैलालीबाट हेलिकप्टर मार्फत दार्चुला पुगेका शाहले एक घण्टा दार्चुलामा बिताउनु भएको थियो । ज्ञानेन्द्रको उपस्थितिमा पीडितहरुलाई खलंगा सदरमुकामस्थित खुलामञ्चमा राहत वितरण गरिएको हो ।
ट्रस्टले २ सय ६५ परिवारलाई खाद्यान्न, कपडा र भाँडाकुडा उपलव्ध गराएको छ । त्यस्तै १ सय विद्यार्थीलाई लत्ता कपडा र पांच विद्यालयलाई एक–एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
पूर्व राजालाई दार्चुलावासीले भव्य स्वागत गरेका थिए । राहत वितरणमा पूर्व राजाको साथमा हिमानी ट्रष्टका केही पदाधिकारीहरु समेत सहभागी थिए ।
पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिम र मध्यपश्चिमका बाढी पीडितहरुलाई राहत वितरण गर्नका लागि गत सोमबार धनगढी पुगेका थिए ।
भिडियो हेर्नुस..





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन