सानिमा बैंकको नाफा साढे ३० करोड पुग्यो

९ साउन, काठमाडौं । गैरआवासिय नेपालीहरुको लगानी रहेको सानिमा बैंकले आर्थिक वर्ष २०६९/०७०मा ३० करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो अर्थिक वर्षमा आर्जन गरेको मुनाफा १२ करोड १७ लाख रुपैयाँको तुलनामा यो डेढ गुणाले बढी हो ।
sanima-bankबैंकले यस अवधिमा १७ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले बढी हो । त्यस्तै, कर्जा परिचालन ५८ प्रतिशतले बढेर १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय २० रुपैयाँ ७५ पैसा पुगेको छ । बैंकले डुबेको पुरानो ऋण १ करोड ९६ लाख रुपैयाँ उठिसकेको जनाएको छ ।
बैंकले ६५ करोड ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । कमिसनमा आधारित आम्दानी २ करोड ३६ लाख रुपैयाँ, बिदेशी मुद्रा किनबेचबाट २ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको बैंकले जनाएको छ ।

