तेरहथुममा बन्दुकको बारुद पड्कदा वालक घाइते

पोष्ट गर्ने - युधिष्टरराज आम्गाई,तेह्रथुम
ताप्लेजुङ, साउन ९ गते ।
तेह्रथुमको संम्दु गाउँ विकास समिति ९ मा वन्दुकको बारुवा पड्कदा १३ वर्षिय सुमन राई घाइते भएका छन ।
हिजो दिउँसो घरमा कोही नभएको वेला वन्दुकको वारुद आगोमा हालेर फुक्न खोज्दा वारुद पड्किएपछि घाइते भएको उनका बुवा चन्द्र वहादुर राईले वताउनुभयो । घाइतेको अनुहार र आँखामा चोट लागेको छ । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिमा सामान्य उपचार गरि थप उपचारका लागि धरान लगिएको छ ।


