add size 720x90
Searching...

पेनेलोप पनि आमा बनिन्

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:


काठमाडौ, श्रावण ९ - बेलायती राजकुमारी केट मिडलटन पहिलोचोटि आमा बनेकै दिन अभिनेत्री पेनेलोप क्रुज दोस्रोपल्ट आमा बनेकी छन् । केटले छोरो जन्माइन् भने पेनेलोपले छोरी । तर राजदरबारका नयाँ सदस्यलाई हेर्न आम बेलायती लालायित रहेको खबर आइरहेका बेला ओस्कार अवार्ड विजेता स्पेनिस अभिनेत्रीको समाचार भने छायामा परेको छ ।

'विक्की क्रिस्टिना बार्सिलोना' का को-स्टार जेभियर बार्डेमसँग तीन वर्षको अफेयर्सपछि सन् २०१० मा बिहे गरेकी पेनेलोपले एक वर्षपछि नै छोरो जन्माएकी थिइन् । पेनेलोप कुनै बेला टम क्रुजसँग तीन वर्षको रिलेसनसिपमा थिइन् । दोस्रोचोटि गर्भवती बनेपछि टीभी इन्टरभ्युमा 'अकल्पनीय खुसी र रोमाञ्चित' बनेको बताउने पेनेलोपले छोरी जन्माएको खबरलाई भने आधिकारिक रूपमा परिवारले बाहिर ल्याइसकेको छैन । गर्भ रहेको खबर भने उनीहरू फेब्रुअरीमै सार्वजनिक गरेका हुन् । पहिलो सन्तानका रूपमा लियोनार्दोलाई दुई वर्षअघि जन्म दिँदा पेनेलोपले आमा बनेपछि आफूमा धेरै परिवर्तन आएको टिप्पणी गरेकी थिइन् । एउटा अन्तर्वार्तामा भनेकी थिइन्, 'आमा बनेपछि तपाईंले छुट्टै आत्मीयता पाउनुहुन्छ । यसलाई म क्रान्तिकारी अनुभव भन्न रुचाउँछु । यसले तपाइर्ंलाई पूरै परिवर्तन गरिदिन्छ । दयालु प्रकृतिले हामीलाई यसका लागि नौ महिनाको तयारी समय दिन्छ ।'

उनले केहीअघि हार्पर्स बजार म्यागजिनलाई दिएको अर्को अन्तरवार्तामा दोस्रो सन्तानपछि आफूले वर्षमा एक वा बढीमा दुई फिल्म मात्रै गर्ने जनाउँदै भनेकी थिइन्, 'दुईभन्दा बढी त हुँदै हुन्न किनभने त्यसपछि मेरो प्राथमिकतामा फिल्मभन्दा अरू नै भइसकेको हुनेछ ।' 'भोल्भर' नायिका पेनेलोपका २०१३ मा 'द काउन्सिलर' र 'आई एम सो एक्साइटेड' रिलिज हुँदै छन् ।






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन