add size 720x90
Searching...

झापामा बस दुर्घटना, दुईको मृत्यु १८ घाइते

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



झापा, साउन ९ गते । झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा दुईको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सुरुङ्गा प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा दमक–१० की ३५ वर्षीया गङ्गा सापकोटा र सुनसरीका भरौल–३ का ४३ वर्षीय शिशिर लिम्बू रहेका छन् । मृत्यु हुने सापकोटाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा र लिम्बूको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख १२९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा सो दुर्घटना भएको चौकीका प्रहरी नायब निरीक्षक मदन मैनालीले जानकारी दिनुभयो । दुर्घटनामा अन्य घाइतेको बिर्तामोड, दमक र न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन