add size 720x90
Searching...

बालगृहमा ८ सय ६७ बालबालिका

postdate: Tuesday, 23 July 2013 comment: 0 Tag:



९ साउन, चितवन । चितवनमा सञ्चालनमा रहेका २८ वटा बालगृहमा ८ सय ६७ जना बालबालिका आश्रति रहेका छन् ।

महिला तथा बालबालिका कार्यालय चितवनले दिएको जानकारीअनुसार सबैभन्दा बढी होप हाउस जगतपुरमा २ सय ३५ जना रहेका छन् भने सबैभन्दा कम साहारा बालगृह, भरतपुरमा पाँचजना रहेका छन् ।

सञ्चालनमा रहेका बालगृहमध्ये दुईवटा दर्ताको क्रममा रहेका र अन्य दर्ता भइसकेका कार्यालयले जनाएको छ । कार्यालयले सञ्चालनमा रहेका बालगृहलाई वर्गीकरणका आधारमा सेवा सुविधा दिने गरेको छ ।

जसमध्ये चितवनको एक बालगृह ‘क’ वर्गमा, दुई बालगृह ‘ख’ वर्गमा, आठवटा बालगृह ‘ग’ वर्गमा र अन्य बालगृह ‘घ’ वर्गमा परेका छन् ।

यसैबीच बालबालिकाको राहत र संरक्षणका लागि बालगृह सञ्चालक र सरोकारवालाबीचको अन्तक्रिर्या मङ्गलबार नारायणगढमा सम्पन्न भएको छ ।

जिल्ला बाल कल्याण समिति चितवन र दियालो परिवार नारायणगढको संयुक्त आयोजनामा भएको सो कार्यक्रमलाई जिल्ला विकास समिति चितवन र युनिसेफ नेपालले सहयोग गरेका थिए ।

कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा सञ्चालन भइरहेका बालगृहहरुले न्यूनतम् आधारभूत मापदण्डसमेत पूरा नगरेको भेटिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म १५ वटा बालगृहमा छड्के अनुगमन भइसकेको छ ।

बालबालिकाको हित र संरक्षणका लागि जिल्लामा सञ्चालन भइरहेका बालगृह सञ्चालकहरुको अन्तक्रिर्याले एसओएस बालग्रामका भोलानाथ पौडेलको संयोजकत्वमा नौ सदस्यीय बालगृह नेटवर्क गठन गरेको छ ।

जिल्लामा सञ्चालन भइरहेका बालगृहलाई व्यवस्थित बनाउन नेटवर्कले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन