पोखरामा डेमोनले फेसन शो गर्ने

गोकुल बानियाँ
११ साउन पोखरा । डेमोन मोडेल एजेन्सीले फेसन फर सिभिलाइजेशन भन्ने मुल नाराका साथ पोखरामा फेसन सो को आयोजना गर्नेे भएको छ । आगामी भदौको दोश्रो हप्तामा पोखरामा रहेका यूवा यूवतीहरुलाई लक्षित गर्दै फेसन शो आयोजना गर्न लागिएको शुक्रवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वोल्दै डेमोन मोडल एजेन्सी पोखराका डाइरेक्टर पुकार मानन्धरले फेसनलाई संस्थागत गर्दै लैजाने उद्येश्यका साथ आयोजना गर्न लागेको फेशन शोमा पोखराका ४० भन्दा वढी नया मोडलहरुको सहभागीता रहने जानकारी दिए ।
भदौ १५ गते पोखराको हल्ननचोकमा रहेको फेवा हर्ड रक रेष्टुरेण्ट एण्ड बारमा हुने फेशन शोमा नेपालका वरिष्ठ डिजाइनरहरुको डिजाइनलाई प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
मोडलहरुलाई दुइ हप्ते लामो कोरियोग्राफी, सफ्ट स्किल, पर्सनालिटी डेभलपमेन्ट, गु्रमिङ क्लास, लगाएतका विद्यामा प्रशिक्षण दिनइने बताइएको छ । मोडलहरुलाई कोरियोग्राफर सोनिका बज्राचार्य र पुकार मानन्धरले प्रशिक्षण दिनेछन् भने अफिसियल मिडियाको लागी वरिष्ठ फोटोग्राफर प्रदिप नापितले गर्नेछन् ।
ट्रिओ इभेन्ट सेकेण्डको पहिलो चरणको पोखराको शो पछि देशका प्रमुख शहरहरु काठमाण्डौ र धरानमा पनि हुने आयोजकले जनाएको छ ।


