add size 720x90
Searching...

आजदेखि द लास्ट मोनार्क

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:


काठमाडौ, ४ साउन । नेपालको शाहवंशीय राजतन्त्रको उत्थान र पतनको विषयलाई लिएर रमेश खड्काद्धारा निर्देशित बृत्तचित्र “द लाष्ट मोनार्क” सिनेमा हलमा देखिने भएको छ । यो वृत्तचित्र आजदेखि क्यु एफएक्स सिनेमाका सिभिल मल र कुमारीमा नियमित प्रर्दशन हुँदैछ ।
नेपालको राजनीतिक परिवर्तन, राजतन्त्रको उत्थान र पतनसम्बन्धी यो वृत्तचित्र सिनेमा हलमा देखिन लागेको यो नै पहिलोपटक हो । पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मका विभिन्न कालखण्डहरुमा राजतन्त्रमा देखिएका उतारचढावहरुको प्रस्तुति बृत्तचित्रमा गरिएको छ । बृत्तचित्रमा विभिन्न ऐतिहासिक तथ्य र दृश्यहरुको अलवा इतिहासकार, समाजशास्त्री, राजनेता, सामाजिक विश्लेषकहरुका विचार समावेश छन् । वृत्तचित्रमा राजतन्त्रको ऐतिहासिक भूमिकादेखि लिएर यसले भोगेका दिनहरुको समिक्षा गरिएको छ । वृत्तचित्रमा पूर्व सैनिक सचिव विवेक शाह, रिटायर्ड व्रिगेडिएर जनरल केशरबहादुर भण्डारी, विश्लेषक जगदीश घिमिरे, इतिहासकार डा.सुरेन्द्र के.सी.,प्राज्ञ ज्ञानमणी नेपल, पुराना राजनीतिज्ञ रामहरी जोशी, रामराजाप्रसाद सिंह, संचारविज्ञ रामकृष्ण रेग्मी ,बरिष्ठ पत्रकार भैरव रिसालका कथनहरु समावेश छन् । नेपालको राजनीीतक परिवर्तनका महत्वपूर्ण कालखण्डका दृश्यहरु वृत्तचित्रमा देख्न सकिन्छ ।
वृत्तचित्रमा ०५८ साल जेठ १९ गते भएको राजा बीरेन्द्रको वंशविनासको घटनापछि नेपाली राजतन्त्रले सबैभन्दा ठूलो संकट सामना गरेको कुरालाई वृत्तचित्रले समेटेको छ । एक्काईसौं शताब्दीको पहिलो वर्षमै भएको दरबार हत्याकाण्डका सन्दर्भ, राजा ज्ञानेन्द्रको शासन र त्यसले सिर्जना गरेका परिणामहरु पनि यसमा समेटिएका छन् । मुलतः दरबार घटना र घटनापछि विकशित भएका अवस्थाहरुमा पनि बृत्तचित्र केन्द्रीत छ ।
८० मिनेट लामो वृत्तचित्रमा नेपाली राजतन्त्र कसरी पतनको बाटोतिर उन्मुख भयो भन्ने कुराको वर्णण प्रस्तुत छ । नेपालको राजनीतिक इतिहासमा देखिएका परिवर्तनका आयामहरु पनि बृत्तचित्रमा प्रस्तुत छन् । बृत्तचित्र निर्देशक रमश खड्काले यो वृत्तचित्रले २४० वर्षको नेपाली राजतन्त्रको विगतदेखि वर्तमानसम्मको अवस्था देखाएको बताएका छन् । सिनेमा हलसम्म पुगेको यो वृत्तचित्रले नेपाली राजतन्त्रसँग जोडिएका थुप्रै तथ्यहरु बाहिर ल्याएको पनि खड्काले बताए ।
पत्रकार रमेश खड्काले निर्देशन गरेका काडामाडौ,छाउ,पच्चीस बच्चाकी आमा,जवाङ्का जिन्दगीहरु,लामाज ईन डिलेमा लगायतका वृत्तचित्रहरु विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा प्रर्दशन भएका छन । छाउले सन् २०१० मा क्रोसियामा पहिलो र मस्कोमा दोस्रो अवार्ड पाएको थियो भने काडामाडौले गत वर्ष काठमाडौ अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा वेष्ट डकुमेन्ट्रीको अवार्ड पाएको थियो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन