सुशीलले सशांकलाई झपारे

९ साउन, काठमाडौं ।
बीपीपुत्र डा. सशांक कोइरालाको जनताले चाहे राजतन्त्र फर्कन सक्ने अभिव्यक्तिपछि सभापति सुशील कोइराला उनीसित रुष्ट बनेको स्रोतले बताएको छ ।
डा. सशांकले २ साउनमा विविसीको नेपाली सेवालाई अन्तरवार्ता दिँदै तीन करोड जनताले चाहे भने राजा पुनः फर्किएर आउँछन् भनेका थिए । अहिले राष्ट्रियता कमजोर भएको, देश टुक्र्याउन खोजिएको र जातीय द्वन्द्व बढ्न सक्ने भन्दै उनले जनताले राजतन्त्रको माग गर्न सक्नेसमेत बताएका थिए ।
सुशीलका नजिकका मान्छे भनेर चिनिएका सशांकलाई टेलिफोन गरेर झपारेका थिए । “तैले किन त्यस्तो बोलेको ?’ सुशीलले यसो भन्दै झपारेको नयाँपत्रिका दैनिकले छापेको छ ।
सुशीलले झपारेपछि सशांकले आफुले राजालाई ल्याउनुपर्छ भनेर अभिव्यक्ति नदिएको बताएका थिए ।

