बाबुरामले राजालाई गाली गर्दा थापाको मन दुख्यो

९ साउन,काठमाडौ। एमाओवादी नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाहको बारेमा गरेको कडा टिप्पणी प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले चित्त दुखाएका छन् ।
मंगलवार केही पत्रकारसंग बोल्दै बाबुराम भट्टराईले हाल आफू प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाई जेल हाल्ने बताएका थिए।
बाबुरामले देशव्यापी घुमेर चुनाव भाँड्ने षडयन्त्र गरेको भन्दै उनलाई सरकारले जेललमा हाल्नु पर्ने माग गरेका थिए।
नेपालमा एक मात्र राजा मान्ने पार्टी र त्यसका अध्यक्ष कमल थापाले भने बाबुरामको यो कडा टिप्पणीलाइ निको मानेका छैनन्।kamal thapa
केही समय यता सशांक कोइराला र बैद्य नेतृत्वको नेकपा-माओवादीका भनाइबाट उत्साहित थापा बाबुरामबाट बने निराश बनेका छन्। उनले बाबुरामका विचार गैरजिम्मेवार र जनविरोधी समेत भएको प्रतिक्रिया दिएका छन्।
कमल थापाले ट्विटरमा ट्विट गर्दे लेखेका छन्- 'बिपत्तिमा परेकाहरुलाई राहत बितरणमा संलग्न पुर्व राजाका बारेमा बाबुरामजीले व्यक्त गरेका बिचार गैर ज़िम्मेवार,जन बिरोधि र सर्वसत्तावादी हुन ।'

