एमाले नेताहरु ५ दिने भारत भ्रमणमा जाँदै

काठमाडौ, ९ साउन । नेकपा एमालेका नेताहरु ५ दिने भारत भ्रमणका लागि आज भारत जाँदैछन् । भारतका प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निमन्त्रणामा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गर्ने एमाले सचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
भ्रमण टोलीमा महासचिव ईश्वर पोखरेल तथा एमालेका विदेश विभाग सदस्य राजन भट्टराई रहनुभएको छ ।
भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री सिंहसहित प्रमुख विपक्षी दलका नेता, प्रमुख दलका शीर्ष नेताहरुसँग द्विपक्षिय हितका विषयमा छलफल गर्ने एमालेले जनाएको छ । ५ दिने भारत भ्रमणपछि टोली आगामी १३ गते स्वदेश फर्कने एमालेले जनाएको छ ।

