पाकिस्तानमा बम विष्फोट, ४० को मृत्यु

१२ साउन,काठमाडौ।
पाकिस्तानको शुक्रवार भएको जम्ल्याह बम विष्फोटमा कम्तिमा ४० जनाको ज्यान गएको छ भने २०० भन्दा बढि मानिस घाइते भएका छन्। विष्फोट पाकिस्तानको उत्तरपश्चिममा रहिको कुराम क्षेत्रमा भएको थियो।
विष्फोमा कुरामको पाराचिनार शहरमा भएको हो । शिया समुदायको धार्मिक स्कुल नजिकै दुइवटा बम विष्फोट भएका थिए। मारिनेमा अधिकांश शिया समुदायका मानिस छन्।
घट्ना साँझको समयमा भएको थियो ।
विष्फोटको जिम्मेवार कसैले नलिए पनि पाकिस्तानका तालिवानी समुहले गराएको आशंका गरिएको छ।
पाकिस्तानको कुल जनसंख्या १८० मिलियनमा १० प्रतिशत शिया मुश्लिम छन्।

