add size 720x90
Searching...

सुटिङमा अर्कै नायिका राखेपछि

postdate: Saturday, 27 July 2013 comment: 0 Tag:


काठमाडौं । पछिल्ला  समय नेपाली फिल्ममा रातारात नायिका फेर्न थालिएको छ । यस्तै शुक्रबारबाट छायाँकन सुरु भएको फिल्म ‘साईको’मा पनि अघिल्लो दिनसम्म एउटी नायिकालाई राखेकोमा छायाँकनको दिनबाट अर्कै नायिकालाई सुटिङमा लगिएको छ ।
सो फिल्ममा नायिकाको रुपमा गत बुधबारसम्म सुरबी बिष्ट जैन थिईन् । यस अघि चलचित्र समय र अर्को चलचित्र नागबेलीमा काम गरिसकेकी सुरबी यतीबेला साईकोमा अर्कै नायिका राखेकोमा छक्क परेकी छिन् ।
शुक्रबारबाट छायाँकन सुरु भएको फिल्म साईकोमा बर्षा राउतलाई नायिका बनाएपछि अहिले सुरबी तनावमा छिन् । उनले भनिन्,‘साईको चलचित्रको लागि निर्देशक समिर बलामीले मलाई लिनु भएको हो । सुटिङको लागि मैले केही कपडा पनि सपिङ गरेकी थिएँ ।’ तर एक्कासी आफ्नो ठाउँमा अर्को नायिका राखेर सुटिङ सुरु गरेको खबर पाउँदा दुःख लागेको उनले बताईन् ।
सो फिल्मबाट आफूलाई किन हटाएको भन्ने जानकारी नभएको पनि उनले बताईन् । आफ्नो फोन निर्देशकले नउठाएको उनको गुनासो छ । यहाँ जे पनि हुँदो रहेछ भन्दै नेपाली चलचित्र उधोगमा अब कस्को विश्वास गर्ने भनेर सुरबीले प्रतिप्रश्न गरिन् ।
यसै बिषयमा बुझ्न खोज्दा निर्देशक समिर बलामीले फोन उठाएनन्





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन