स्कुलले दिएको खाना खाँदा ७ विद्यार्थीको मृत्यु, १५ जना बिरामी

१ साउन, एजेन्सी । बिहारको छपरामा खाना खाँदा ७ जना विद्यार्थीको मृत्यु भएको छ भने १५ जना विद्यार्थी अस्पतालमा भर्ना भएका छन् ।
भारतमा
स्कुलका विद्यार्थीलाई दिइने खाना खाँदा ती बालिकाहरूको ज्यान गएको भारतीय
सञ्चारमाध्यमहरूले जनाएका छन् । बिरामी परेका विद्यार्थीहरूमध्ये केही
विद्यार्थीको अवस्था गम्भिर रहेको बताइएको छ ।
थप विवरण आउन बाँकी...

