add size 720x90
Searching...

बाढीले सल्यानमा २ घर बगायो

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:



सल्यान, २ साउन । अविरल वर्षासँगै आएको बाढीले त्रिवेणी गाविसको वडा नम्बर ३ मा रहेको सल्लेखोलामा रहेका २ वटा घर बगाएको छ ।
बाढीले सल्लेखोलामा रहेको झिनबहादुर नेपाली र नेत्र वोहराको घर बगाएको हो । घरसंगै घरमा जडान गरिएको सिस्नो प्रशोधन मिल समेत पहिराले बगाएको छ ।
बाढीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात, मिलसहित  करिव १२ लाख बराबरको क्षति भएको पीडित झिनबहादुर नेपालीले जानकारी दिनुभयो । घर बाढीले बगाउने सम्भावना बढेपछि परिवारहरु अर्को घरमा सरेका कारण मानवीय क्षति नभएको नेपालीको भनाई छ ।
यस्तै धनवाङ्ग ३ फलाटेखोलामा रहेको खलु विकको घर पहिरोले बगाएको छ । घर पहिरोले वगाएपछि विकको ९ जनाको परिवार विचल्लीमा परेको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिनुभयो ।
घरसँगै घरमा रहेको सम्पूर्ण अन्नपात, लत्ता कपडा पहिरोले बगाएपछि पीडित परिवारसंग लगाएको कपडा मात्रै बाँकी रहेको र उनीहरु छिमेकीको घरमा शरण लिइरहेको बताइएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन