गाउँबाट विद्यार्थी ल्याएर शिक्षकले नै चोरी गर्न लगाउने गरेको रहस्य खुलासा

एकजना
शिक्षकले गाउँबाट विद्यार्थी ल्याएर सदरमुकाम गौरमा चोरी गर्न लगाउने गरेको
रहस्य खुलेको छ । सदरमुकाम गौरमा केही दिनदेखि चोरीका घटना बढेपछि
प्रहरीले गरेको अनुसन्धानमा प्रभात बोडिङ स्कुलका एक शिक्षकले
विद्यार्थीलाई चोर्न लगाएको प्रमाणसहित पक्राउ गरेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सुराकीका आधारमा सदरमुकाम गौरमा श्रृखलाबद्ध चोरी, डकैतीमा संलग्नलाई पक्राउ गरेको हो ।
चोरी भएका समानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।
गौर
नगरपालिकाभित्रका विभिन्न पसलमा श्रृखलाबद्ध रुपमा चोरी गर्ने प्रतापपुर
पल्टुवा–७ बस्ने भोगाराय यादवको १८ वर्षीय छोरा सन्दिपकुमार यादव, श्रीराय
यादवको १८ वर्षीय छोरा, रमेश राय यादव र गौर नगरपालिका ११ सिसवा बस्ने कमल
राय यादवको २७ वर्षीय छोरा मनोज यादवलाई चोरी गरेको समानसहित पक्राउ गरेपछि
सो रहस्य खुलेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए ।रासस

