add size 720x90
Searching...

यु–१६ साफ च्याम्पियनसिपमा हेमन्त थापालाई कप्तानको जिम्मा

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:




४ साउन, काठमाडौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा यही साउन ५ देखि १५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने दोस्रो साफ यु–१६ च्याम्पियनसिपका लागि हेमन्त थापा मगरको कप्तानीमा २३ सदस्यीय टोली तयार पारिएको छ ।

एन्फा महासचिव धीरेन्द्र प्रधानले दिनुभएको जानकारी अनुसार उक्त प्रतियोगिताका लागि छनोटमा पर्ने खेलाडीमा आकाश थापा, अमित तामाङ, अभिलष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरब बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना रहेका छन् ।

त्यसैगरी अन्य खेलाडीमा प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ रहेका छन् ।

टोली व्यवस्थापकमा दिनेश व्यञ्जनकार रहेका छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । अन्य प्रशिक्षहरूमा सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन भारत, भुटान, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानको टोली नेपाल आइसकेको एन्फाले जनाएको छ ।

सो प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला र लगनखेलस्थित नेपाली सेनाको राजदल सैनिक खेलकुद केन्द्रको मैदनामा सञ्चालन हुने छन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन