पोखरीमा डुबेर ४ बालिकाको मृत्यु

सर्लाही, १२ साउन । सर्लाहीको सासापुर–६ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । पोखरीमा भैंसी आहल बसाउन जाँदा पौडी खेल्ने क्रममा बालिकाहरको डुबेर ज्यान गएको हो । ज्यान जानेहरूमा सासापुर ६ का सौदागर साहका १० वर्षीया छोरी चञ्चला कुमारी साह र मन्तोरीया साह, सोही ठाउँ निवासी ठेकन साहको ११ वर्षीया छोरी पार्वती साह, सासापुर ६ कै नागेन्द्र महतोको १३ वर्षीया छोरि शिव कुमारी महतो रहेकी छन् ।
बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सदरमुकाम लगिएको स्थानीय महिला अधिकारकर्मी पद्म मोक्तानले जानकारी दिनुभयो । एकैसाथ ४ बालिकाको डुबेर ज्यान गएपछि सासापुर गाविसका स्थानीय सोकमा डुबेका छन् ।

