add size 720x90
Searching...

अब चोरीको मोबाइल सेटमा चल्दैन सिम

postdate: Thursday, 25 July 2013 comment: 0 Tag:


११ साउन, काठमाडौ । चोरी भएका या हराएका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ । टेलिकमले ग्राहकको गुनासोको आधारमा हराएका वा चोरीएका सेटमा सिमकार्ड नचल्ने बनाउन लागेको हो ।

'मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरू गर्न लागेका हौ', टेलिकमकी प्रवक्ता गुनकेशरी प्रधानले अन्नपूर्वसँग भनिन्, ' अहिले परीक्षणको चरणमा छौ, बिस्तारै कार्यान्वयन गर्छौ ।'

प्रधानका अनसुार टेलिकमले पुरानो नेटवर्कलाई नयाँमा स्थानान्तरण गरेपछी यो सेवा पूर्णरूपमा साञ्चालनमा आउनेछ । बुधबारदेखी राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा स्थानान्तरन गर्न लागिएको छ । र नयाँ नेटवर्क स्थापित भएपछी यो सेवा पनि सुरू गर्ने प्रवक्ता प्रधानको भनाई छ ।

टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रार-ईआईआर) सेवा सुरू गर्न लागेको हो । ईआईआर सेवा सूरू भएपछी टेलिकमले हराएको वा चोरी भएको मोबवाइलको सेटको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटि(आईएमईई) नम्बरका आधारमा सिमकार्ड नचल्ने बनाइदिन्छ ।

यो सेवा सुरू भएपछी ग्राहकले आफ्नो चोरी भएको वा हराएको मोबाइलको ईआईआर नम्बरसहित टेलिकमलाई जानकारी दिनुपर्नेछ । टेलिकमले यसरी जानकारी दिँदा ग्राहकले मोबाइल सेट किनेको मूल्य अभिबृद्धी कर नम्बरसहितको बिल पेश गर्नुपर्नेछ नियम बनाउने भएको छ । ग्राहकले जानकारी दिएपछी त्यो आइएमईआई नम्बरयुक्त मोबाइल सेटलाई टेलिकमले कालोसूचीमा राख्नेछ ।   





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन