add size 720x90
Searching...

निर्वाचन सुरक्षालाई गृह 'सक्षम' ६ लाखलाई नागरिकता

postdate: Thursday, 25 July 2013 comment: 0 Tag:


काठमाडौ, श्रावण ११ - गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि प्रशासन र सुरक्षा निकाय सक्षम रहेको जनाएको छ । मुलुकको शान्ति सुरक्षाबारे बिहीबार पत्रकार सम्मेलनै गरी गृहले चुनावी सुरक्षा योजनाबारे जानकारी गराएको हो ।

'आम जनताको जीउधन रक्षाका लागि सुरक्षा निकाय हमेसा सक्रिय छ,' गृह प्रवक्ता सहसचिव शंकर कोइरालाले भने, 'छिट्टै निर्वाचन केन्दि्रत सुरक्षा योजना लागू हुनेछ ।' सुरक्षा योजना मस्यौदा तयार भई लागू गर्नेबारे अन्तिम गृहकार्य भइरहेको उनले जानकारी दिए ।

स्रोतका अनुसार अन्तिम रूप दिइएको मस्यौदा गृहमन्त्री माधवप्रसाद घिमिरेले अध्ययन गर्न भन्दै थन्क्याएर राखेका छन् । घिमिरेले निर्वाचनका चुनौती र व्यवस्थापनबारे छलफल गर्न विभिन्न सुरक्षा निकाय, गृहप्रशासनका क्षेत्रीय प्रमुखलाई काठमाडौं बोलाएका छन् । उनीहरूसँग सोमबार छलफल गरेपछि मात्र योजना अघि बढाउने तयारी घिमिरेको छ ।

गृहले निर्वाचन सुरक्षाबारे नियमित छलफल गर्न केन्द्र र जिल्लामा छुट्टै सेलसमेत गठन गरेको छ । केन्द्रमा शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका कोइरालाकै संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन सेल गठन गरिएको हो । केन्द्रमा तीनवटै सुरक्षा निकायका उच्चपदस्थ सुरक्षा अधिकृत र जिल्लामा स्थानीय सुरक्षा प्रमुखहरू सदस्य रहनेछन् ।

गृहले ७५ जिल्लामा ३ सय ६४ एकीकृत घुम्ती सेवा र ५ सय ३५ नागरिकता वितरण टोली परिचालन गरी ६ लाख ३ हजार ९४ जनालाई नागरिकता वितरण र मतदाता नामावाली दर्तामा सहभागी गराएको जनाएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश २०७० अनुरूप यसै वर्षमात्र त्यति नागरिकता वितरण भएको हो ।






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन