सिरियामा मर्ने एक लाख नाघ्यो

सिरिया, ११ साउन । सिरियामा जारी संघर्षको क्रममा मृत्यु हुनेको संख्या एक लाख नाघेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रपति बसर अल असद विरुद्ध विगत दुई वर्षदेखि जारी हिंशात्मक प्रदर्शको क्रममा मृत्यु हुनेको संख्या एक लाख नाघको राष्ट्रसंघ महासचिव वान की मुनले बताउनु भएको हो ।
अघिल्लो महिना मात्रै सात हजार भन्दा बढीको मृत्यु भएको बताईएको छ । महासचिव मुनले अमेरिकी विदेश मन्त्री जान केरीसंग राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटमा सिरियाको संकट समाधानका लागि नयाँ राजनीतिक उपाय खोज्नु पर्ने बताउनु भएको छ ।
सिरियामा जारी हिंशाको क्रममा हाल सम्म एक लाख ७० हजार सर्वसाधारण विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।


