add size 720x90
Searching...

घरमै बसेर तलब खान्छन गाविस सचिव

postdate: Tuesday, 23 July 2013 comment: 0 Tag:



भद्रपुर, ९ साउन । झापाको दक्षिणी भेगमा रहेका पथरिया गाउँ विकास समितिका  गाविस सचिव चार महिना देखि कार्यालय नगई घरमै बसेर तलव खाइरहेको रहस्य खुलेको छ ।
स्थानीय निकायबाट पाउने सेवासुविधा लिन दिनहु त्यहाँका स्थानीय बासिन्दाहरु गाविस जाँदा त्यहाँका कर्मचारीले सरकारी कागजातमा हस्ताक्षर गराउन गाविस सचिवको घरमा पठाउन थालेपछि उक्त रहस्य बाहिर आएको हो ।
जिल्ला विकास समिति झापाले २०६९ साल भदौ महिना देखि पथरिया गाविस सचिवको जिम्मेबारी दिएर पठाएका सचिव रेवतीरमण रेग्मी चैत्र महिना देखि अहिले सम्म कार्यालय नगएको त्यहाँका स्थानीयबासीहरु बताउँछन ।
सचिव रेग्मी चार महिना देखि गाविसको कार्यालय नजादा जन्म दर्ता, मृत्यु दर्ता देखि नागरिकताको सिफारिस सम्मका अति आवश्यक कामकाज गराउन अहिले पथरियाबासी सचिवको घर चन्द्रगढी धाउन बाध्य भएका छन ।
स्थानीय बासिन्दाका अनुसार सचिव रेग्मीले फागुन महिनासम्म हप्तामा दुई दिन आइतवार र बुधवार गाविस कार्यालय पुगेर स्थानीय बासिन्दाको काम गर्ने गरे भएतापनि चैत्र महिना यता गाविसको काम घरमै बसेर गर्ने गरेका छन् ।  सचिव रेग्मीले गाविसमा काम पर्ने पथरिया बासिन्दाहरुलाई झापाको सदरमुकाम चन्द्रगढी बोलाएर चैन पुरे होटलमा लगेर वियर र सेकुवा खुवाउन लगाउने गरेको र नखुएको खण्डमा काम नहुने भनि फर्काउने गरेको पथरियाका समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य वेदनिधि भट्टराईले बताए ।
यता स्थानीय कमलप्रसाद राजवंशीका अनुसार पथरियामा हुने विकास निर्माण तथा वजेट वाँडफाडमा समेत सचिव रेग्मीले गाविसमा रहेका राजनीतिक दलहरुसंग समन्वय नगरी एकलौटी रुपमा काम गरेपछि विवादमा पर्ने डरले गाविसको कार्यालयमा नआएको हुन सक्ने बताए । पछिल्लो समय सचिव रेग्मीले नागरिकता अनुसुचि सिफारिस लिन आउनेहरुसंग होटलमा वोलाएर वियर र सेकुवा माग्न थालेपछि पैसा नहुनेहरु सदरमुकाम आएर सचिवसंग काम लिन डराउन बाध्य भएको स्थानीय छोटुलाल रावंशीको भनाई समेत रहेको छ । यता यस बारेमा सचिव रेग्मीको मोबाइल नम्बर ९७४२६१८०१९ बुझन खोज्दा उहासँग सम्पर्क हुन सकेन् ।
- पार्थ मण्डल





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन