add size 720x90
Searching...

सजिनाले गरिन गेष्टहाउस भीत्र आत्महत्या

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


११ साउन, कास्की । तनहुँ जिल्ला कोत्रे घर भएकी २० वर्षीया सजिना गुरुङ झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । उनलाई पोखरा उपमहानगरपालिका–१७ ड्यामसाईड स्थित अशोक गेष्ट हाउसको कोठा नम्वर १०१ मा रहेको पंखाको सिलिङमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

अशोक गेष्ट हाउसमा एकजना केटीले केटालाई खुकुरी हानेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा उपमहानगरपालिका–८ सिर्जना चोक बस्ने स्याङजा जिल्ला बिचारी चौतारा–५ पाखरीबोट घर भएका २० बर्षीय त्रिलोचन शर्मालाई टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा तथा सजिनालाइ झुण्डिएको अवस्थामा फेला परेको थियो ।

टाउकोमा चोट लागेका घाइते शर्मालाई उपचारको लागि मणिपाल अस्पताल पोखरामा लगिएको छ । घटना सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन