add size 720x90
Searching...

चीनमा वृद्ध आश्रममा आगलागी एघारको मृत्यु

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


हर्बीन(चीन), साउन ११ गते । चीनको  हेइलोङ्गजीआङ्ग प्रान्तमा अवस्थित एक बृद्ध आश्रममा लागेको आगलागीमा परी शुक्रबार बिहान ११ बजेसम्म एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

हेइलोङ्गजीआङ्ग प्रान्तको हाइलुन सहरमा लिआन्से सिनियर नर्सिङ्ग होम नामक एक वृद्ध आश्रममा स्थानीय समयअनुसार शुक्रबार बिहान १.१५ बजे सो आगलागी सुरु भएको जनाएको छ ।

सो आगलागीबाट ज्यान गुमाउने १० जना व्यक्तिको स्थानीय समयअनुसार अपरान्ह ११ बजेसम्ममा परिचय खुलेको बताइएको छ । ती व्यक्तिहरु ४६ देखि ८७ वर्षसम्मका रहेका समाचारमा उल्लेख छ ।

तीनसय इस्क्वायर मिटरमा बनेको उक्त वृद्ध आश्रममा सो आगलागीको समयमा  ३२ जना व्यक्ति रहेको जनाइएको छ ।

सन् २००५ को अक्टोबरमा बनेको सो आश्रममा २८३ व्यक्ति बसोवास गर्दै आएको पनि  समाचारमा उल्लेख छ । यस आगलागीको कारण पत्ता नलागेको र अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ  । रासस/सिन्ह्वा






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन