पूर्व युवराज्ञी हिमानी धनगढीमा

कैलाली, ६ साउन । पूर्व युवराज्ञी हिमानी शाह सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गर्न आज कैलालीको धनगढी पुग्नु भएको छ ।
असार २ गतेको बाढीका कारण पीडित बनेकाहरुलाई हिमानी ट्रष्टमा संकलन भएको राहत वितरण गर्न शाह बुद्ध एयरको उडानबाट धनगढी पुग्नु भएको हो ।
भोलि बाढी पीडितका लागि राहत बितरण गर्न पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह धनगढी पुग्ने कार्यक्रम छ । पूर्व राजपरिवारका सदस्यहरु कैलाली, कञ्चनपुर र दार्चुलामा करिव दश दिन बस्ने बताईएको छ।


