तेस्रो लिंगी राख्ने हिरासत नहुँदा समस्या

१० साउन, काठमाडौं । बेलाबेलामा राजधानीका ठमेल, गौशाला, चाबहिल, सोह«खुट्टे लगायतका ठाउँबाट प्रहरीले तेस्रो लिंगीलाई समात्ने गरेको छ । उनीहरु प्रायः अवैध देहव्यापारलगायतका अपराध आरोपमा समातिने गरेका छन् ।
अहिलेसम्म प्रहरीचौकिमा महिला र पुरुषका लागि मात्र छुट्टाछुट्टै हिरासत छन् । तेस्रो लिंगीलाई राख्ने हिरासत छैनन् । नेपाल प्रहरीलाई यो सबैभन्दा बढि टाउको दुखाई बनेको छ । सातामा ६/७ जनासम्म तेस्रो लिंगीलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । हिरासतमा राख्नासाथ उनीहरु प्रहरीमाथी नै जाईलाग्ने गरेका छन् ।
प्रहरीका अनुसार उनीहरुले विवाद गर्दै हामी तेस्रो लिंगी हौं हामीलाई किन केटासँगै राखेको ? भन्दै प्रहरीमाथी नै जाईलाग्ने गरेको अन्नपुर्ण पोष्टले छापेको छ ।

